अंग्रेजी नयाँ वर्ष मनाउन झुम्यो पोखरा

पोखरा । पोखराको लेकसाइडमा आइतबार राति अंग्रेजी नयाँ वर्षको स्वागतमा आन्तरिक पर्यटकका साथै बाह्य पर्यटकहरुको उपस्थिति निकै उल्लासमय रहेको थियो ।

सडकमै खाऔँ सडकमै रमाऔँ नारासहित २५ औँ पोखरा सडक महोत्सवमा पर्यटकहरु को उपस्थिति बाक्लै रहेको हो । रातभर जाग्राम रहेर पर्यटकले नयाँ वर्षको स्वागत गरेका हुन् ।

अंग्रेजी नयाँ वर्ष २०२४ लाई विश्वभर स्वागत गरिएको छ । नयाँ वर्षको स्वागतको तयारी विभिन्न देशले विभिन्न प्रकारले गरेका छन् । गरिरहेका छन् ।

सबैभन्दा पहिले न्यूजिल्याण्डमा नयाँ वर्षको स्वागत गरिएको छ । त्यपसछि अष्ट्रेलिया, दक्षिण कोरिया, उत्तर कोरिया र जापानमा नयाँ वर्षको स्वागत गरिएको छ ।

न्यूजिल्याण्डको अकल्याण्डमा स्काइटावरमा १० सेकेन्डको काउन्टडाउनपछि आतिशबाजी शुरु भएको थियो । यो पाँच मिनेटसम्म चलेको थियो । अष्ट्रेलियाको हार्बर ब्रिज र ओपेरा हाउस नजिक १२ मिनेटसम्म आतिशबाजी चलेको थियो । सो क्रममा साढे आठ टन पटाखा जलाइएको थियो ।

त्यसको तयारी १५ महिनादेखि चलिरहेको थियो । १० लाख भन्दा बढी मानिस भेला भएका थिए । ३१ डिसेम्बरको मध्यरात १२ बजेपछि दुनियाँभर नयाँ वर्षको स्वागत थालिएको थियो ।

हङकङमा ‘न्यू इयर न्यू लिजेन्ड’ थिममा आधारित रहेर १२ मिनेटसम्म आतिशबाजी गरिएको थियो । त्यहाँका ठूला भवनमा एकैपटक आतिशबाजी भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button