पोखरा । पोखरास्थित अन्नपूर्ण केबलकार कम्पनीले स्थानीय र सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नका लागि अनुमति माग गरेको छ ।
कम्पनीले ३१ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति माग गर्दै निवेदन दिएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । पोखरामा कम्पनीले केबलकार सेवा सञ्चालन गरिरहेको छ । सो केबलकार टिकटबाट लिइने शुल्क नै कम्पनीको मुख्य आम्दानीको स्रोत हो ।
यसअघि काठमाडौंको चन्द्रागिरि केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स र दोलखामा कालिन्चोक केबलकार सञ्चालन गर्दै आएको कालिन्चोक दर्शन कम्पनी नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution