पोखरा । गण्डकीमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका लागि सत्ता गठवन्धन दलको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकले नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।
समिति सदस्यहरुमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ, नेकपा एकीकृत समाजवादी गण्डकीका अध्यक्ष श्रीनाथ बराल, राष्ट्रिय जनमोर्चा गण्डकीका अध्यक्ष शंकर बराल, नेपाल समाजवादी पार्टी गण्डकी प्रदेशका अध्यक्ष किरण थापा, जनता समाजवादी पार्टी गण्डकी प्रदेशका अध्यक्ष गोपाल गुरुङ र संसदीय दलका नेताहरु पदेन सदस्य रहनेछन् ।
पार्टी प्रवक्ता माधव प्रसाद बाँस्तोला (मधु)का अनुसार नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा निर्वाचन व्यवस्थापन उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरुमा कांग्रेसको तर्फबाट माधवप्रसाद बास्तोला ९मधु०, नन्दप्रसाद न्यौपाने, माओवादीका तर्फबाट गुणाखर बस्याल, जगन्नाथ खनाल, कुशुम बुढा, नेकपा एकीकृत समाजवादीका तर्फबाट कृष्णबहादुर नेपाली, राष्ट्रिय जनमोर्चाका तर्फबाट रविमोहन ढकाल र नेपाल समाजवादी पार्टीका तर्फबाट चित्र सापकोटा रहेका छन् ।
बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको प्रचारप्रसारका लागि गण्डकीका सबै जिल्लामा जाने निर्णयसमेत गरेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबा २ र नेकपा माओवादी केन्द्रबाट १ जनाले उम्मेद्वारी दर्ता गरेका हुन् ।
जसमा नेपाली कांग्रेसबाट किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र माओवादी केन्द्रबाट मनरुपा शर्माको उम्मेदवारी दर्ता भएको हो ।
बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव देवेन्द्र पौडेल, एकीकृत समाजवादी गण्डकी प्रदेशका स्थायी कमिटी इन्चार्ज तुलबहादुर गुरुङ लगायत सहभागी भएको कांग्रेस गण्डकी प्रदेशका सूचना सञ्चार तथा प्रचार–प्रसार विभाग उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution