
काठमाडौँ । स्वास्थ्य अभियन्ता एवं सत्याग्रही प्रा. डा. गोविन्द केसी फेरि पक्राउ परेका छन् ।
विभिन्न माग राखेर माइतीघर मण्डलाको निषेधित क्षेत्रमा प्रदर्शनका लागि प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रा. डा. केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।
उनलाई लाठी चार्ज र अपमानसमेत गरिएको छ ।
उनी केही दिन अघि पनि पक्राउ परेर केही समयपछि छुटेका थिए ।





