निम्न स्तरका विद्यालयहरु मर्ज गर्न आवश्यक : आचार्य

  • पोखरा न्यूज
  • २०८० पौष २८
निम्न स्तरका विद्यालयहरु मर्ज गर्न आवश्यक : आचार्य

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शैक्षिक गुणस्तर उकास्नका लागि निम्नस्तरका विद्यालयलाई मर्ज गर्नुपर्नेमा जोड दिएका छन् ।

पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको ७७औं वार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन गर्दै मेयर आचार्यले यस्तो बताएका हुन् ।

न्यून विद्यार्थी भएका विद्यालयको शैक्षिक गुणस्तरमा खासै परिवर्तन नभएको भन्दै उनले त्यस्ता विद्यालयलाई मर्ज घरेर अघि बढाउनुपर्ने खाँचो औंल्याए ।

विन्ध्यवासिनी मावि कास्कीकै नमुना विद्यालय भएको भएको मर्जरको भावनाअनुरुप मेघा विद्यालय बनाइने स्पष्ट पारे ।

सो अवसरमा उत्कृष्ट कर्मचारीतर्फ महेन्द्र गुफाका काउण्टर म्यान प्रेम खड्का, विद्यालयका सहलेखापाल प्रदीपराज पौडेल, पूर्व प्रावितर्फ शिक्षक पुनम आचार्य, प्रावितर्फ बविता बानिया, निमावितर्फ आत्माराम खनाल सम्मानित भए ।

यस्तै, विशेष योगदानका आधारमा सहप्रधानाध्यापक भेषराज पौडेल, उत्कृष्ट शिक्षक अवार्ड संगीत गायक, अभिभावक श्रीधर न्यौपाने, कक्षा १२ का सुमन वस्नेत, खेमराज पौडेल र माधव अधिकारीलाई सम्मान गरिएको थियो ।

यसैगरी कक्षा १० तर्फका शिक्षकहरु भेषराज पौडेल, दुर्गा सापकोटा, खिमलाल अधिकारी, महेन्द्रमणि पौडेल, रामबहादुर बानिया, शिवप्रसाद सापकोटा, सुशिल देवकोटा, कृष्णप्रसाद पौडेल, निर्मल भण्डारी, कृष्ण प्रसाद आचार्य, सरोजनी देवकोटा, खेमराज पौडेल र होस्टल वाडेन नविन अधिकारी, कक्षा ८ तर्फका महेन्द्र प्रसाद पौडेल र ईश्वर खड्कासमेत कार्यक्रममा सम्मानित भएका थिए ।

दीर्घसेवा सम्मानबाट वसन्तबहादुर भट्टुाई, १५ वर्षे सेवावाट ईन्दु भट्टराई, तारा अधिकारी, १० वर्षे सेवा अवधितर्फ दिनेश शर्मा, विष्णु कुवँर र शंकर थापा पनि नगदसहित सम्मानित भए ।

सोही अवसरमा निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा अधिकारी थापा लगायतलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा विधागत रुपमा विष्णु साहु, रोशनी विक, प्रकृति सुनार, प्रनिश पौडेल, एलिश अधिकारी र प्रमोद परियारलाई विन्ध्यवासिनी विद्या पदक प्रदान गरिएको थिया् ।

विद्यालयका जेष्ठ सदस्य गुरुदत्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा सम्वन्य प्रमुख लोकनाथ आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष भिमप्रसाद पौडेल, शितलादेवी माविका प्रधानाध्यापक वावुराम अधिकारीलगायतले बोलेका थिए ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस