रोशिलाले जितिन् आठौँ मिस तामाङको ताज

पोखरा । आठौं संस्करणको मिस तामाङ पोखराको उपाधि रोशिला तामाङ्गले जितेकी छन् ।

बैदाम तामाङ्ग सेवाको आयोजनामा पोखरा सभागृहमा सम्पन्न प्रतियोगितामा अन्य नौ जना प्रतिस्पर्धीलाई पछि पार्दै रोशिलाले ताज जितेकी हुन् । उनले नगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरेकी छन् ।

प्रतियोगितामा फस्ट रनरअप मोनिका तामाङ्ग, सेकेण्ड रनरअप बर्षा तामाङ्ग, भ्यूवर्स च्वाइस अवार्ड अर्पना तामाङ्गले जितेकी छन् ।

फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ हजार, सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ तथा भ्यूवर्स च्वाइर्सका नगद २० हजार पुरस्कार हात पारेका छन् ।

देशभरबाट १० जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको प्रतियोगितामा प्रतियोगिले विभिन्न सवटाइटल पाए ।

मनिका लामा तामाङले बेस्ट वक, रिमाया तामाङ मिस कल्चर, दीक्षा लामा मिस पच्युअल, सुनामी तामाङ, टिसिरिङ तामाङ मिस फ्रेण्डली, अर्पना तामाङ बेस्ट हेयर, रोशिला तामाङ मिस ट्यालेण्ट, याङजी तामाङ मिस ब्यूटी विथ परपोज, र बर्षा लामाले मिस कन्फिडेण्टको टाइटल जितिन् ।

कार्यक्रममा राजु केसी, तीर्थ तामाङ्ग, कमला गुरुङ्ग, सन्तोष उपाध्याय निर्णायकका रुपमा रहेका थिए । गायक संगीतकार राजनराज शिवाकोटी र सञ्जीव वाइवाको सांगीतिक प्रस्तुति राखेका थिए ।

वाग्मती प्रदेशसभा सदस्य राधिका तामाङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको बैदाम तामाङ सेवा समाज कास्कका अध्यक्ष ज्याक तामाङ्गले गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दिनेश डिसीले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button