पोखराको बागलुङ बसपार्कमा २ जनामाथि आक्रमण, प्युठानका केसी पक्राउ

पोखरा । पोखरा महानगरपालिका वडा नं. २ बाग्लुङ बसपार्कमा स्थानीय २ जनामाथि आक्रमण भएको छ ।

आक्रमणबाट ७० वर्षका देव राउत र ६० वर्षकी रुकमणी श्रेष्ठ घाइते भएका छन् । उनीहरूको साहारा अस्पतालमा उपचार भइरहेकोे प्रहरीले जनाएको छ ।

उनीहरुलाई आक्रमण गरी फरार भएका प्युठान स्थायी घर भई हाल पोखरा २ बाग्लुङ बसपार्क बस्ने वर्ष २६ का सुमन केसी पक्राउ परेका छन् ।

कास्की प्रहरीका निमित्त सूचना अधिकारी सूर्यबहादुर रानाका अनुसार मंगलबार राति ११ बजे बागलुङ बसपार्कमा झगडा भएको थियो । सोक्रममा राउत र श्रेष्ठमाथि काठको मुडा प्रहार गरी घाइते बनाएर केसी भागेका थिए ।

घटनापछि जिल्ला र वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजी गर्नेक्रममा बुुधबार बिहान २ बजे नालामुखबाट उनलाइ पक्राउ गरिएको प्रहरी निरीक्षक रानाले जानकारी दिए ।

पक्राउ परेका केसीबिरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button