नेपालको अग्निपरीक्षा आज

काठमाडौँ । काठमाडौँमा जारी टी-२० त्रिकोणात्मक क्रिकेट श्रृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ ।

खेल बिहान ११ः३० बजेदेखि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा हुनेछ ।

नेपालले यसअघिका दुवै खेल हारेकाले फाइनल पुग्ने सम्भावना जीवितै राख्न आजको खेल ‘गर या मर’ को अवस्थामा रहेको छ ।

टी-२० को पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले तथा दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भयो ।

नेपालले एक अंक पनि नजोडेको अवस्थामा फाइनल खेल्नका लागि अबका दुवै खेलमा फराकिलो जित हासिल गर्नुपर्नेछ ।

नेदरल्याण्ड्स दुवै खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ भने नामिबिया १ खेल जितेर २ अंकसहित दोस्रो स्थानमा छ । अंकविहीन नेपाल पुछारमा छ ।

आजको खेलमा फराकिलो जित हासिल गर्दा नेपाल २ अंकसहित दोस्रो स्थानमा पुग्नेछ ।

अन्तिम खेलमा नेदरल्याण्ड्समाथि पनि फराकिलो जित हासिल गर्दा नेपाल फाइनलमा पुग्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button