काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ ।
जितका लागि १ सय २१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर लक्ष भेट्टायो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए ।
उनले ३४ बलमा ३ चौका र १ छक्काको मद्दतले सर्वाधिक ४६ रनको योगदान गरेका थिए । त्यसैगरी गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे ।
नेदरल्यान्ड्सका लागि भिभियन किंगमाले ३ विकेट लिए भने आर्यन दत्तले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १ सय २० रन को योगफल बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा ४ चौका र १ छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिए । यसैगरी टिम भान डेर गुग्टेनले २४ रन जोडदा रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाए ।
नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिए भने करण केसी र कुशल मल्लले समान २/२ विकेट लिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।
यो जितसँगै ४ खेलमा ४ अङ्क जोडेको नेपालको फाइनल सम्भावना बलियो बनेको छ । त्यसैगरी पहिलो पराजय व्यहोरेको नेदरल्यान्ड्सको ३ खेलबाट ४ अङ्क छ ।
नेपाल पहिलो खेलमा नामिवियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।
यसैगरी तेस्रो खेलमा नेपालले नामिवियालाई ३ रनले पराजित गरेको थियो । आइतबार नेदरल्यान्ड्स र नमिवियाबीच खेल हुनेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution