पोखरा । पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने तथा चर्को अवाजसहित डिष्टर्व गर्ने ६ सय ८१ वटा मोटरसाइकलहरु कारवाहीमा परेका छन्।
जिल्ला ट्राफिक कार्यालय कास्की र कास्की प्रहरीको संयुक्त प्रयासमा होहल्ला मच्चाई ध्यनी प्रदुषण गर्ने र मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चलाइएका मोटरसाइकललाई नियन्त्रणमा लिएर चालकलाई कारबाही गरिएको हो ।
पछिल्लो ६ महिनामा यस्तो प्रकारको समस्या सिर्जना गर्ने विभिन्न कम्पनीका ६ सय ८१ वटा मोटरसाइकलाई नियन्त्रणमा लिएर चालकलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, एसपी मोहन थापाले जानकारी दिए ।
एसपी मोहन थापाका अनुसार कारबाहीमा पर्नेमा धेरैजसो बुलेट र क्रसफायर मोटरसाइकल छन् । कारबाहीबाट ६ महिनामा ७ लाख ४२ हजार ७ सय रावश्व संकलन भएको उनले बताए ।
स्वरुप परिवर्तन (मोडिफाई) भएका मोटरसाइकललाई सामानहरु फेर्न लगाएर पहिलेको जस्तै बनाउन लगाएर ट्राफिक नियम उल्लंघन शिर्षकमा जरिवाना तिराई अभिभावकको जिम्मा लगाउने गरिएको उनले बताए ।
कास्की प्रहरीले मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने वर्कसपको निगरानी, पहिचान गर्ने र वर्कसपका सञ्चालकहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्नेसमेत जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution