साफ महिला च्याम्पियनसिपः नेपालको शानदार जीत

पोखरा । १६ वर्षमुनिको साफ महिला च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपालले भुटानलाई हराएको छ । आज भएको खेलमा नेपालले भुटानलाई ३-० गोलले हरायो ।

नेपालले पहिलो हाफमै ३ गोल गर्यो । नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी, ग्यान्सु डोल्मा लोले १-१ गोल गरे ।

यो जितसँगै नेपाल ३ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

प्रतियोगिताको लिग चरणको पहिलो खेलमा नेपाल बङ्लादेशसँग २-० गोलले पराजित भएको थियो ।

प्रतियोगितामा भोलि भारत र बङ्लादेशबीच खेल हुनेछ । लिग चरणका शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल आउँदो आइतवार हुनेछ ।

यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा भइरहेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button