गण्डकीबाट ओलम्पिकमा सहभागी खेलाडीलाई मासिक पाँच हजार

लेखनाथ । गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएकालाई गण्डकी प्रदेश सरकारले गरेको छ । वार्षिक रु ६० हजार दिने पूर्वघोषणाअनुरुप गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ओलम्पिकमा सहभागी नौ खेलाडीलाई नगदसहित सम्मान गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले ओलम्पिक खेलाडी बाग्लुङका भगवती खत्री, गोरखाका टीकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सीताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रममा उनले सम्मान गरेका हुन् ।

खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र खेलाडीबीचको सम्बन्ध खेल खेलिरहेका बेला मात्र नभई सँधै रहिरहोस् भन्ने उद्देश्य रहेको बताए ।

मुख्यमन्त्री पाण्डेले भने, “खेलाडी सम्मान र उनीहरुलाई प्रोत्साहनका कार्यक्रमलाई आगामी वर्षमा निरन्तरता दिइनेछ ।”

खेलाडीलाई उद्यमशीलतासँग पनि जोड्ने कार्यक्रम प्रदेश सरकारले ल्याउने बताउँदै मुख्यमन्त्री पाण्डेले भने, “प्रदेश सरकार र खेलाडीको सम्बन्ध सुमधुर बनाउँदै गाउँगाउँबाट नयाँ प्रतिभाको खोजीमासमेत प्रदेश सरकार लाग्छ ।”

लुकेका प्रतिभा अगाडि ल्याउन गण्डकी प्रदेश सरकारले ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम ल्याएको जानकारी मुख्यमन्त्री पाण्डेले दिए ।

गण्डकी प्रदेश सरकारले खेलाडी कल्याणकारी कार्यक्रमअन्तर्गत यस वर्ष प्रदेश खेलकुद परिषद्मा सूचीकृत भएका पाँच सय ९४ जना र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका एक सय जनाको स्वास्थ्य बीमा गरेको छ ।

खेल क्षेत्रको विकास, खेलाडीको सम्मान र नयाँ पुस्तालाई खेलतर्फ आकर्षित गर्न प्रदेश सरकारले खेलमैदान स्तरोन्नति, विद्यालय, जिल्लास्तरीय प्रतियोगितालगायत कार्यक्रम सञ्चालन गर्दै आएको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताए ।

प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङको अध्यक्ष र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष दीपक विष्टलगायतले आफ्ना भनाइ राखेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button