पोखरा । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुनेछ ।
नेपाल र पीएनजीबिचको फाइनल खेल आज विहान ११ः४५ बजे सुरु हुनेछ । त्यसअघि आजै विहान हङकङ र हङकङको ‘ए’ टोलीबिच तेस्रो स्थानका लागि खेल हुनेछ ।
मंगलबार खेलिएको दोस्रो खेलमा आयोजक हङकङमाथि १० विकेटको सजिलो जित हात पार्दै पीएनजी शृङ्खलाको फाइनलमा पुगेको हो ।
यस्तै, पहिलो खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएर फाइनलको यात्रा तय गरेको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution