पोखरामा पारा खेलकुद हुने

पोखरा । पोखरामा पारा खेलकुद चैत्र ७ र १० गते हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा हुने पारा खेलकुद अन्तर्गत नौ खेल समावेश गरिएको छ ।

प्रदेश खेलकुद परिषद्का सदस्य एवं प्रतियोगिता संयोजक अमृत बरालका अनुसार प्रतियोगितामा बहुअपाङ्गता बोसिया खेल, बौद्धिक अपाङ्गता दौड, मनोसामाजिक दौड र म्यूजिकल चियर, अटिजमका लागि सफ्टबल, बहिरा महिला ब्याडमिन्टन, बहिरा पुरुष भलिबल, सारीरिक अपाङ्गता महिला टेनिस, सारिरीक अपाङ्खता पुरुष ह्विल चियर बास्केटबल, दृष्टिविहीनतर्फ महिला र पुरुष क्रिकेट प्रतियोगिता हुनेछ ।

प्रतियोगिताको तयारी पूरा भएको भन्दै संयोजक बरालले सबै खेलमा दुई सय १७ जना खेलाडीको सहभागिता रहने बताए ।

प्रतियोगितामा पुरस्कार राशिमा तीन लाख रुपैयाँ खर्च हुने परिषद्का कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button