ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी २५ वर्षपछि पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादीलाई २५ वर्षपछि पक्राउ गरेको छ ।

स्याङ्जाको बिरूवा गाउँपालिका वडा नं. ७ सपौदीका ४८ वर्षीय दूतप्रसाद गुरूङ रहेका छन् ।

उनलाई गोप्य सूचनाका आधारमा मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आज अदालत पेस गरेर कैद भुक्तानका लागि कारागार पठाइएको छ ।

२०५५ मा जिल्ला अदालतले ज्यान मार्ने उद्योग मुद्धामा गुरूङबिरुद्ध तीन वर्ष चार महिना कैद सजाय हुने फैसला गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button