आज गण्डकीसहित चार प्रदेशमा चट्याङ्गसहित वर्षा हुने

पोखरा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

जसको प्रभावले हाल गण्डकी, कोशी, मधेस र बागमती प्रदेशमा साधारणदेखि अधिकांश बदली, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ ।

गण्डकी, कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षा भइरहेको छ ।

गण्डकी, कोशी, बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातसमेत भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोशी प्रदेशका केही स्थानमा, गण्डकी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा तथा देशका बाँकी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

गण्डकी, कोशी, बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ ।

गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button