पोखरा-५ को धारापानीमा दन्तशिविर सञ्चालन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ स्थित धारापानी मार्ग (ख) मा निःशुःल्क दन्तशिविर सञ्चालन गरिएको छ ।

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेलम्बो नेपालले धारापानी टोल विकास संस्था ‘ख’ तथा धारापानी आमा समूहको व्यवस्थापनमा शिविर सञ्चालन गरेको हो । शिविर बिहीबार पनि सञ्चालन हुनेछ ।

कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष बिष्णुप्रसाद बरालले मानिसले भौतिकका साथसाथै मानवीय विकासलाई पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले मानव जीवनमा मुख स्वास्थ्यको कुरा महत्वपूर्ण हुने बताए । उनले दाँत रहेमात्रै आँत रहने स्पष्ट पारे ।

दन्त उपचार तुलनात्मक रुपमा महँगो पर्ने भन्दै अध्यक्ष देवकोटाले छुटेकालाई लक्षित गरी आगामी दिनमा पुनःशिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

टोल विकास संस्थाका अध्यक्ष हरिश्चन्द्र अधिकारीले शिविरबाट फाइदा लिन टोलवासी समक्ष आग्रह गर्दै आयोजकप्रति धन्यवाद ज्ञापन गरे ।

शिविरको पहिलो दिन बुधबार दाँतको एक्सरे २५, दाँत सफा गर्ने ३०, दाँत भर्ने २२, दाँत निकाल्ने १७ तथा दाँतको इनामेल एक जनाको प्लास्टिक (लामो छोटो मिलाउने) गरिएको कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले जानकारी दिए ।

शिविरमा डा. दीक्षा क्षेत्रीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटिएको छ ।

कार्यक्रममा कोषाध्यक्ष ईश्वरी पाठकले गरेकी थिइन् भने सञ्चालन सचिव सूर्यप्रसाद तिमिल्सिनाले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button