पोखरा । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार आज राति १२ः४५ बजे हुनेछ । खेल बहराइनको रिफास्थित राष्ट्रिय रंगशालमा हुनेछ ।
समूह एचमा यसअघिका दुवै खेल कारेका कारण अंकविहीन छ । पहिलो खेल युएईसँग ४-० ले पराजित भएको नेपाल दोस्रो खेलमा यमनसँग पनि २-० ले पराजित भएको थियो ।
बहराइनले भने एक जित र एक हारको नतिजा निकालेको छ । पहिलो खेलमा यमनलाई २-० ले हराएको बहराइन दोस्रो खेलमा यसएईसँग २-० ले पराजित भएको थियो । समूह एचमा बहराइन २ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ ।
फिफा वरीयतामा नेपाल भन्दा बहराइन ९३ स्थान माथि छ । पछिल्लो वरीयतामा सुधार गरेको बहराइन हाल ८२औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution