एमाले कास्कीको ११ औं जिल्ला अधिवेशन आजदेखि

पोखरा । नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशन केन्द्रीय अध्यक्ष एवं पूर्वपप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

अधिवेशनको सबै तयारी पूरा भएको बताइन्छ । अधिवेशनमा कास्कीभरका १० हजार बढी नेता कार्यकर्ताको सहभागिता रहने एमालेले दावी गरेको छ ।

अधिवेशनलाई एकताको अधिवेशन तथा आगामी २०८४ सालको निर्वाचनलक्षित शक्ति प्रदर्शनका रुपमा लिइएको जनपरिचालन उपसमिति संयोजक नवराज ओझाले जानकारी दिए ।

अधिवेशमा कास्कीका ७२ वडा, जनसंगठन, सल्लाहकार परिषद्, इलाका कमिटी शाखा लगायतबाट नौ सय ३५ जना प्रतिनिधि सहभागी हुने एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए ।

उनकाअनुसार एक सय २२ सदस्यीय नयाँ कार्यसमिति अधिवेशनबाट चयन हुनेछ । कार्यसमितिले पछि १२ जना मनोनीत गर्नेछ भने अन्य पार्टीबाट आएका १२ जनालाई थप्दै जिल्ला कमिटीलाई पूर्णता दिइने जनाइएको छ ।

अधिवेशनमा अध्यक्ष मनबहादुर गुरुङले राजनीतिक प्रतिवेदन, सचिव बैनबहादुर अधिकारीले संगठनात्मक प्रतिवेदन र कोष तथा वित्त व्यवस्थापन विभाग प्रमुख चिरञ्जीवी पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

अधिवेशन संघारमा चुनावी रन्को सुरु भएको छ । नेताहरुले नेतृत्वसँगै विभिन्न पदमा जानका लागि छलफल र भेटघाटलाई तीब्र बनाएका छन् । एमाले नेताहरु पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी पक्षकाले प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । कास्कीका एमाले नेताहरु छुट्टाछुट्टै कित्तामा उभिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button