धादिङ-समाज ज्वालामुखी इकाई अध्यक्षमा सन्देश ढकाल निर्वाचित

पोखरा । धादिङ-पोखरा सम्पर्क समाज ज्वालामुखी गाउँपालिका इकाइको अध्यक्षमा लालप्रसाद (सन्देश) ढकाल निर्वाचित भएका छन् ।

संस्थाको शनिबार सम्पन्न सातौं साधारण सभा तथा चौथो अधिवेशनले ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्षत्रयमा देवराज अर्याल, राजकुमार आचार्य र ज्ञानेन्द्र थापा छन् । यस्तै सचिवमा प्रकाश अर्याल, सहसचिवमा दिपेश गुरुङ, कोषाध्यक्षमा दीपबहादुर अधिकारी र सहकोषाध्यक्षमा कमला दनै छन् ।

संस्थाको कार्यसमिति सदस्यमा धनबहादुर अधिकारी, रमा खनाल पोखरेल, सिर्जना भण्डारी आचार्य, मैयादेवी आचार्य, गोविन्द पोखरेल, सीताराम तिवारी, दीपक सापकोटा, मञ्जु अधिकारी र अम्विका दुवाडी काप्री छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button