म्याग्दी । म्याग्दीमा पौडी खेल्नेक्रममा खाेलामा डुबेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा रघुगंगा गाउँपालिका वडा नं. १ बेगका १८ बर्षीय दिपक पुर्जा रहेका छन् ।
पुर्जा र उनका चार जना साथीहरु चिमखोलामा जारी भूमेपूजा मेलामा सहभागी हुन चिमखोला पुगेको बताइएको छ ।
सोमबार रघुगंगा-७ चिमखोलास्थित बगरखोलाको कुकुर भुक्नेमा पुर्जा डुबेका थिए ।
उनीसँगै पौडी खेल्न गएका अन्य चार जनाले उनको उद्धार गरी उगपचारका लागि बेनी जिल्ला अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी कुमार गुरुङले जानकारी दिए ।
मृतक पुर्जाको शव बेनी अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution