आजबाट गणगौर पूजा

पोखरा । भगवान शिवकी प्यारी माता पार्वतीको गौरी स्वरुपको पूजालाई गणगौर पूजा भनिन्छ । यस पूजामा बिबाहिता नारीहरुले आफ्ना पति र सन्तानको चिरन्जीवी र नैरोग्यताको कामना गर्दै व्रत र पूजा गर्छन् । अविवाहिता महिलाले कुशल र योग्य पतिका लागि कामनासहित व्रत बस्ने चलन छ ।

माता पार्वती एकपटक आफ्नो माइतीबाट घर फर्कने क्रममा भगवान शिव स्वयं माता पार्वतीलाई लिन पुग्नु भएको कथा छ । यसरी भगवान शिवको आगमनपश्चात् माइती पक्ष खुसी भएर माता पार्वतीलाई गरेको उल्लासपूर्ण विदाई र पूजालाई ‘गणगौर पूजा’ले प्रतिनिधित्व गर्छ ।

अर्को कथनअनुसार एकपटक नारदमुनी, भगवान शिव र माता पार्वती पृथ्वीलोकमा विचरण गर्न आउनुभयो । यसरी पृथ्वीलोकमा आउँदा एउटी समाजले घृणा गरेर अछुत मानेर भेदभाव गरेको महिलाकोमा उहाँहरु बास बस्नुभयो ।

राति पाहुनाहरुलाई ती महिलाले विभिन्न परिकारहरु पकाएर स्वागत गरेको र भगवान शिव प्रसन्न भएर ती महिलालाई सदा सुहागन हुनु भनी आशिष दिएको उल्लेख छ । गणगौर पूजा नेपालका तराई क्षेत्र र भारतका विभिन्न शहरमा निकै उल्लासका साथ मनाइन्छ । कतिपय ठाउँमा त यो पूजा चैत महिनाको शुरुबाट मनाइन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button