पोउवासंघको टोलीद्वारा विभिन्न उद्योग वाणिज्य सङ्घको भ्रमण

पोखरा । पोखराको पर्यटन प्रवर्द्धन तथा निजी क्षेत्रका साझा मुद्दामा सहकार्य बढाउने उद्देश्यले पोखरा उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलले देशका विभिन्न उद्योग वाणिज्य सङ्घको भ्रमण गरेको छ ।

पर्यटनको राजधानीमा आन्तरिक पर्यटक भित्र्याउन सङ्घको टोलीले भक्तपुर, धुलिखेल, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, उदयपुरको कटारी र त्रियुगा, सुनसरीको धरान, झापाको बिर्तामोड, इलाम, पाँचथर, तेह्रथुम,महोत्तरीको बर्दीबास तथा मकवानपुरको मकवानपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीलाई भेटेर आपसी सहकार्य र साझेदारीमा जोड दिएको हो । भ्रमण पूरा गरेर सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको टोली बुधबार फर्केको हो ।

जिल्लामा भएका छलफलमा तीनवटै तहका सरकारसँग निरन्तर समन्वय एवं साझेदारी गर्दै उत्पादकत्व वृद्धि, आर्थिक विकास एवं लगानी सुरक्षा तथा प्रवर्द्धनमा लाग्ने प्रतिबद्धता व्यक्त भएको अध्यक्ष प्रजापतिले बताए ।

लगानीको वातावरण बन्दै गएको र त्यसलाई अझ विश्वसनीय बनाउन सरकारीस्तरबाट सक्दो सहयोग हुनुपर्नेमा उद्यमी–व्यवसायीले जोड दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button