पत्रकारितालाई नियन्त्रणभन्दा नियमन जरुरी : मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारितालाई नियन्त्रणभन्दा पनि नियमनको जरुरी रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा आयोजित पत्रकारितामा देखिएको संकट र समाधानका उपाय विषयक संवादमा उनले यस्तो बताएका हुन् ।

‘स्वतन्त्रता र छाडातन्त्र भनेको के हो भनेर मूलधारमा काम गर्ने पत्रकारले बुझाउन जरुरी रहेकोे भन्दै मुख्यमन्त्रीले सामाजिक सञ्जाल र पत्रकारिता फरक कुरा हुन् भन्ने आम जनतालाई बुझाउन आवश्यक रहेको बताए ।

मुख्यमन्त्रीले प्रदेश सरकाले सञ्चारको क्षेत्रमा धेरै काम गरिहेको जानकारी दिए । उनले भने, आमसञ्चार विधेयक पारित गरिसकेका छौं । त्यसमा प्रेस रजिष्टारको कार्यालय पनि छ ।’

उनले थपे, ‘विधेयम कार्यान्वयनमा गएपछि सरकारको खासै आवश्यकता पर्दैन् । पत्रकारिताका लागि जे गर्नुपर्छ विधेयकमा परिकल्पना गरिएको काम प्रेस रजिष्टार कार्यालयले नै गर्छ ।’

पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष बद्रीविनोद प्रतिकले पत्रकारितामा देखिएको समस्या र चूनौति समाधानका लागि पत्रकारहरु नै जागरुक हुनुपर्ने बताए ।

पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले पत्रकार सरकारको स्थायी प्रतिपक्ष रहेकोले सोही अनुसार कलम चलाउनुपर्ने भन्दै पत्रकारिता बौद्धिक पेशा भएकाले यसलाई जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिइन् ।

पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले पत्रकारहरुको हकहितका पक्षमा आफूहरुले काम गरिरहेको बताए ।

अग्रज गंगाधर पराजुली र राजु भण्डारीलेसम्मानले पत्रकारिता क्षेत्रसँग परिवारको निकटता झनै बढेको बताए ।

पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले पत्रकारका समस्या समाधानका लागि महासंघले कुनैपनि कसर बाँकी नराखी काम गरेको सुनाइन् ।

कार्यक्रममा प्रेस युनियन कास्कीका अध्यक्ष बासुदेव मिश्र, प्रेस सेन्टर नेपालका इन्चार्ज सन्देश श्रेष्ठ, प्रेस चौतारी नेपाल कास्कीका कार्यवाहक अध्यक्ष मोतीसागर अधिकारी, संसदीय पत्रकार महासंघ गण्डकीका अध्यक्ष भरत कोइराला, नेकपा एमाले कास्कीका सचिव दर्शन लामा, प्रतिभा छनोट समितिका संयोजक कोमलनाथ बराल लगायतले कार्यक्रममा बोलेका थिए ।

महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव माधव बरालले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button