पोखरा । पोखरा-२७ लेखनाथस्थित अर्चलेमा शनिबार बिहान बस दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।
दुर्घटनामा परी चालक पोखरा-२७ निवासी ४२ वर्षीय टीकाराम विक र सहचालक पोखरा-१४ निवासी ४१ वर्षीय शालिकराम सुवेदी घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घाइते दुवै जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि अस्पताल प्रशासनले शनिबार साँझ डिस्चार्ज गरेको छ ।
उनीहरुको शरीरमा भित्री चोट नदेखिएको अस्पतालका निर्देशक भरत खत्रीले जानकारी दिए ।
पोखरा-२७ को आरुपाटाबाट पोखरातर्फ आउँदै गरेको बेगनास ताल बस व्यवसायी समितिअन्तर्गत ग१ख ८६८० नंको बस पल्टिएको हो ।
बसमा चालक र सहचालक मात्र थिए । ब्रेक फेल भई बस सडकमै दुर्घटना भएको हो ।
दुर्घटनाग्रस्त बस सडकमै ठाडो अवस्थामा छ । घटनाबारेमा शिशुवा प्रहरी चौकीले अनुसन्धान सुरु गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution