आज भौमाष्टम/शीतलाष्टमी व्रत गर्ने दिन

पाेखरा । मंगलबारको अष्टमीलाई भौमाष्टमी भनिन्छ । यो दिन विशेष रुपमा पवित्र र उर्जावान दिन हुन्छ । अष्टमी तिथिमा शक्तिको उपासना गर्नुको फल धेरै हुन्छ । भौमाष्टमीमा विशेष गरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ ।

गोरखास्थित भगवती गोरखकालीको मन्दिरमा आज दर्शनार्थीको विशेष पूजाका उपस्थिति रहने गर्दछ । भौमाष्टमी व्रतमा विशेष गरी मङ्गल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ । भौमाष्टमी व्रतमा विशेषगरी मंगल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ । अन्य व्रतमा झैँ बिहानै उठेर स्नान गर्ने, भजनकीर्तन गर्ने, अर्चना गर्ने र पवित्र पुस्तकको अध्ययन गर्ने अनि आत्मसात् गर्ने प्रचलन छ ।

शीतलाष्टमी व्रत

चैत, बैशाख, जेठ र असार महिनामा कृष्णपक्षको अष्टमी तिथिमा शीतला अष्टमीको व्रत पर्छ । प्राकृतिक प्रकोप र रोगव्याधीको प्रभावबाट जोगाउने शीतला भगवतीको आह्वान र उपासना गर्ने शीतलाष्टमी व्रतको आफ्नै महत्व र उपलब्धि छ ।

शीतलाष्टमी व्रतलाई तराई क्षेत्रमा बसौडा र काठमाडौं उपत्यकामा बासेरा पनि भनिन्छ । ग्रीष्मकालमा पर्ने यस व्रतलाई घाउँ-खटिरा र घमौराबाट बच्न विशेष रुपमा उपासना गरिन्छ ।

यस दिन व्रतालुको घरमा चुलो बल्न हुँदैन भन्ने मान्यता छ । त्यसैले एक दिन अगावै प्रसाद र नैवेद्य बनाउने र भोलिपल्ट ती प्रसाद शीतला भगवतीलाई चढाउने चलन छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button