बालमैत्री नगर घोषणा गर्ने गर्ने तयारीमा पोखरा

पोखरा । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले सन् २०३० सम्ममा बालमैत्री नगर घोषणा गर्ने गरी महानगर अघि बढेको बताएकी छन् ।

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ नेपाल बाल संगठन कास्की र महानगर बाल मञ्च पोखराद्वारा आयोजित बालबालिकामा लगानी र स्थानीय तहको भूमिका विषयक अन्तरक्रियामा उपमेयर गुरुङले यस्तो बताएकी हुन् ।

उनले आर्थिक वर्ष ०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट बनाउने तयारीमा रहेकाले बालबालिकाको क्षेत्रको लगानी बढाउने प्रतिबद्धता जनाइन् ।

महानगरले बालबालिकासम्बन्धी कानून निर्माण गरेको भन्दै उनले बालअधिकार समिति गठन, बाल कल्याण अधिकारीको व्यवस्था गर्नेदेखि समग्र महानगरदेखि वडा तहसम्म बाल मञ्च गठन गरेको जानकारी दिइन् ।

उनले थपिन्, ‘बाल अधिकार सुनिश्चित गर्न महानगर साझेदार बनेको छ ।’ उनले भनिन्, ‘बाल बालिकालाई अधिकार सम्पन्न नगराएसम्म देशको समग्र अवस्था सुधार गर्न सकिन्न ।’

कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद् प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद बाग्ले र पोखरा महानगरपालिकाका बाल कल्याण अधिकारी विष्णुमाया पौडेलले सहजीकरण गरेका छन् ।

कार्यक्रमका अन्य वक्ताले बालबालिकाको संरक्षण, विकास र सशक्तीकरणका लागि कम्तीमा १५ प्रतिशत बजेट व्यवस्था गर्न आग्रह गरेका थिए ।

पोखरा-७ का अध्यक्ष राममोहन आचार्यले बालबालिकामा लगानी बढाउने कुरामात्र भएको, पूरा नभएको नभएको बताए । सबै वडामा बाल अधिकार कार्यान्वयनको अवस्था विश्लेषण गर्नुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय बाल अधिकार परिषद् प्रदेश समन्वय अधिकृत बाग्लेले महानगरको बालबालिकासम्बन्धी ऐनको सुन्दर अभ्यास बाल कोष खडा, बाल क्लबको संरचना निर्माणदेखि वडा बाल अधिकार समिति निर्माण भएको जानकारी दिए ।

पोखरा महानगर सामाजिक विकास महाशाखा र बाल हितकारी परियोजनाको सहयोगमा भएको कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद् प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद बाग्ले र पोखरा महानगरपालिकाका बाल कल्याण अधिकारी विष्णुमाया पौडेलले सहजीकरण गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button