म्याग्दी । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति म्याग्दीको संयोजकमा शेरबहादुर केसी चयन भएका छन् ।
माओवादी केन्द्र म्याग्दीअन्तर्गतको सोमबार सम्पन्न विस्तारित बैठकले समन्वय समिति संयोजकमा केसीलाई सर्वसम्मत चयन गरेको हो ।
प्रदेश कमिटीका सदस्यबाट संयोजक चयन गर्ने विधि भएपनि म्याग्दीका सबै प्रदेश सदस्यले केसीको नाम अघि सारेपछि उनी सर्वसमम्मत भएका हुन् । केसी माओवादी केन्द्रको बेनी नगर कमिटी अध्यक्षसमेत हुन् ।
बैठकले सचिवमा भने कुशल पौडेललाई जिम्मेवारी दिएको सो पार्टीले जनाएको छ । जनयुद्ध कालमा भूमिगत भएका पौडेल विद्यार्थी हुदै पार्टी राजनीतिमा सक्रिय छन् ।
हालका जिल्ला संयोजक रेशम बहादुर जुग्जालीले केसी र पौडेलको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको जानकारी दिए ।
जनप्रतिनिधिको भूमिकामा रहेकाहरु पार्टीको जिम्मेवारीमा नरहने पार्टीको नीतिअनुसार नेतृत्व हस्तान्तरण गरिएको उनले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution