पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) को दुई दिने प्रथम विधान अधिवेशन सकिएको छ । पोखरामा सम्पन्न अधिवेशनले आगामी माघ २५ देखि २७ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
विधान अधिवेशनले माघ २५ गतेदेखि महाधिवेशन गर्ने पार्टी सचिवालय बैठकको निर्णय पारित गरेको नेसपा गण्डकीका अध्यक्ष किरण थापाले जानकारी दिए ।
यसैगरी अधिवेशनले पार्टीको नाम परिर्वतन गरी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बनाएको छ । महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको थापाले बताए ।
अधिवेशनले पार्टीको केन्द्रीय समिति ९९ सदस्सीय र ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था गरेको छ ।
साथै पदाधिकारीहरूमा एक अध्यक्ष, पाँच उपाध्यक्ष (एक महिला, एक जनजाति, एक मधेसी, एक खसआर्य र एक दलित), एक महासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहनेछन् ।
पार्टीका सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको अध्यक्ष थापाले जानकारी दिए ।
पार्टीमा युवाको नेतृत्व स्थापित गर्न स्थानीय तहमा ४०, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ ।
यस्तै सबै समितिमा महिला पदाधिकारी ३३ प्रतिशतको रहेने व्यवस्था पनि गरिएको नेसपाले जनाएको छ ।
अधिवेशनमा अधिवेशनमा ७१ जिल्ला र विदेशबाट गरी कूल पाँच सय प्रतिनिधि सहभागी रहेका थिए । अधिवेशन कात्तिक ५ गतेदेखि पोखरा सभागृहमा सुरु भएको थियो ।
अधिवेशनमा पार्टीका सचिवालय सदस्य एवं विधान तथा घोषणापत्र मस्यौदा समितिका संयोजक डा जनक शाहले पार्टीको घोषणपत्र र सचिवालय सदस्य एवं अधिवक्ता कृष्ण शर्माले पार्टीको विधान प्रस्तुत गरेका थिए ।
प्रस्तुत घोषणापत्र र विधानबारे सहभागीबीच समूह बनाएर समूहगत छलफल गरी पारित गरिएको हो ।
विसं २०७२ असोजमा नयाँ संविधान बनेपछि संयोजक भट्टराईले तत्कालीन एकीकृत नेकपा माओवादी परित्याग गरी ‘नयाँ शक्ति’ नामक अभियान सञ्चालन गरेका थिए ।
त्यसपछि नयाँ शक्ति नेपाल पार्टी घोषणा गरेका भट्टराईको पार्टीको नाम परिवर्तन हुँदै नेपाल समाजवादी पार्टी बनेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution