पाेखरा । नेपाल सातौँ संस्करणको महिला साफ च्याम्पियनशिपमा समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने लगभग पक्का भएको छ ।
दशरथ रंगशालामा जारी श्रीलंकाविरुद्धको समूह चरणको अन्तिम खेलमा नेपाल मध्यान्तरसम्म ४-० ले अगाडि छ ।
नेपालका लागि रेखा पौडेलले २ तथा सविता रानामगर र सावित्रा भण्डारी साम्बाले १-१ गोल गरे ।
समूह बी मा भुटान ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा छ । भुटानको गोल अन्तर १६ भएको छ । समूह विजेता बन्न नेपालले श्रीलंकालाई कम्तीमा ५ गोलको अन्तरले हराउनु पर्ने हुन्छ ।
नेपालको २ खेलमा ४ अंक र श्रीलंकाको २ खेलमा ३ अंक छ । बराबरी गर्दा वा सामान्य जितले भने नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।
नेपालले यसअघि माल्दिभ्सलाई ११-० ले हराएको थियो । नेपालले पहिलो पटक भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने भुटानले श्रीलंकालाई ४-१ ले हराएको थियो ।
तर नेपाल मध्यान्तरसम्मै ४-० ले अगाडि रहेकाले समूह विजेता नै बन्ने लगभग पक्का छ ।
अर्को समूहबाट बंगलादेश समूह विजेता र भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपाल समूह विजेता भए सेमिफाइनलमा भारत प्रतिद्धन्द्धी हुनेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution