
पोखरा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं १ लामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
गएराति ११ः३० बजे ४दशमलव५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लासँगै धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक, काठमाडौँमा समेत महसुस गरिएको बताइएको छ ।
रातको समयमा भूकम्प गएपछि स्थानीय घर बाहिर निस्किएका थिए ।





