पोखरा । गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले सूचना जारी गर्दै गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्वजनिक सेवा प्रदायक निकायहरूमा मंगलवार विदा हुने जनाएका छन् ।
यसअघि गण्डकी प्रदेशको स्थापना दिवस र प्रदेश सरकारको स्थापना दिवस अलग-अलग मिति र कार्यक्रम अनुसार मनाइँदै आएको थियो । तर यसपालि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस एउटै दिन मनाउने निर्णय गरिएको छ ।
२०७४ सालको माघ २२ गते गण्डकी प्रदेशको पहिलो संसद् बैठक बसेको थियो, र सोही दिनलाई गण्डकी प्रदेश सभाले आफ्नो स्थापना दिवसका रूपमा मनाउँदै आएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution