कास्की प्रहरी प्रमुखमा नवीन कार्की

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको कमाण्ड एसपी नवीन कार्कीले सम्हाल्ने भएका छन् ।

एसपी श्यामबाबु ओलियाको केन्द्रीय अनुसन्धान ब्यूरो अनुसन्धान महाशाखा काठमाण्डौमा सरुवा भएको हो ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखामा रहेका कार्कीले वडा प्रहरी कार्यालय बैदामको पहिलो डिएसपीको रुपमा काम गरेका थिए ।

वडा प्रहरी प्रमुख हुँदै अपराध अनुसन्धानमा ख्याति कमाएका कार्कीले कस्केलीको विश्वास त्यतिबेला नै जितेका थिए ।

उनै कार्कीको कमाण्डमा अव कास्की प्रहरी चल्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button