पोखरामा तेलको सट्टामा पानी भरेर ठगी गर्ने ३ जना पक्राउ

पोखरा । प्रहरीले तेलको सट्टामा पानी भरेर ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पोखरा – १० स्थित पोखरा औद्योगिक क्षेत्रभित्र रहेको हिमश्री फुड्स प्रालिमा प्रयोग हुने पाम आयलको सट्टामा पानी भरेर ल्याइएको घटनामा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन।

पक्राउ पर्नेमा बारा, जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २२, अमलेखगञ्ज निवासी ३५ वर्षीय कविराज गौतम, ४९ वर्षीय शम्भु भनिने छविनाथ गौतम, र ३७ वर्षीय बुद्धि बहादुर लामा रहेका छन् ।

प्रहरीका अनुसार, आवश्यक पाम आयलको सट्टा पानी राखिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानको क्रममा उनीहरुले ना. ५ ख ७७०८ नम्बरको ट्रक प्रयोग गरी बिच बाटोमै पाम आयल चोरी गरी बिक्री वितरण गरेको खुलेको प्रहरीले जनाएको छ।

चोरी ढाकछोप गर्नको लागि तौल मिलाउन पानी भरिएका १८ थान पहेँलो जर्किन तथा १३ हजार नगद समेत प्रहरीले बरामद गरेको छ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा १० दिनको म्याद थप गराएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button