साग विजेता पाकिस्तानी ३ खेलाडीको पदक खोसियो, ४ वर्षलाई प्रतिबन्धित

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता पाकिस्तानका तीन खेलाडीको पदक खोसिएको छ भने उनीहरुलाई चार वर्षका लागि कुनै पनि खेल खेल्न अयोग्य हुने गरि प्रतिबन्ध लगाइएको छ ।

नेपाल ओलम्पिक कमिटीका महासचिब निलेन्द्रराज श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा उक्त कुराको जानकारी दिंँदै खेलाडीले प्रतिबन्धित औषधी प्रयोग गरेको स्वीकार गरेपछि पदक खोसिएको र उनीहरुलाई २०२३ डिसेम्वर सम्म अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रतिबन्ध लगाइएको जनाइएको छ ।

पदक खोसिएका खेलाडीमा सामी उल्लाह, मोहमद नइम र मेहवुव अली रहेका छन् । एथलेटिक्स खेलाडी सामीले १०० मिटर स्प्रिन्ट दौडमा काँश्य पदक जितेका थिए भने मोहमदले १०० मिटर हर्डल रेसमा स्वर्ण पदक विजेता थिए । त्यसै गरि ४०० मिटर हर्डल रेसका स्वर्ण पदक विजेता मेहवुवले स्वर्ण पदक जितेका थिए ।

एन्टी डोपिङ परिक्षणका लागि उनीहरुको नमुना कतारको राजधानी दोहा स्थित एन्टि डोपिङ ल्यावमा पठाइएको जनाइएको छ । १३ औं साग खेलकुद नेपालमा गत २०७६ मंसिर १५ देखि २४ गते सम्म सञ्चालन भएको थियोे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button