कतारमा ४ नेपाली कामदार पुरस्कृत

तिलु शर्मा l लामो समयदेखि सेवारत नेपाली कामदारलाई कतारको एक स्थानीय कम्पनीले नगदले पुरस्कृत गरेको छ l आइओएस प्रमाणित कम्पनी नासर अल अलि एन्टरप्राइजेजले आफ्ना चार नेपाली कामदारहरू अबीर बहादुर राई, पञ्चे राई, छिरिङ राई र दशरथ मुसहरलाई १० वर्ष लामो सेवाका लागि कतारी रियाल १५ हजार (नेपालि ४ लाख ८० हजार) का दरले एक कार्यक्रमका बिच पुरस्कृत गरेको हो l

कार्यक्रममा बोल्दै कम्पनीका मालिकले नेपालीहरूको इमानदारिता, लगनशीलताको खुलेर तारिफ गरे l मालिक नासर अलि अल अलि भन्छन्, “मलाई गर्व लाग्छ कि गत १० वर्षदेखि कार्यरत कामदारहरू अझै पनि उस्तै जोस वफादारी र कडा परिश्रम देखाई रहेका छन्, उनीहरूकै कारण कम्पनीले सफलताको उचाइ पाएको हो” l पुरुष्कार ग्रहण गर्दै उनीहरूले खुसी व्यक्त गरेका छन् l ३ हजार कामदार रहेको उक्त कम्पनीमा करिब १२ सय नेपाली कार्यरत रहेका छन् l १२ सय मध्येबाट पनि १० बर्से सेवा पार गरी पुरस्कृत हुन् पाउनु आफैमा गर्वको विषय रहेको उनीहरूको बुझाइ छ l उनीहरू २००९ मा निर्माण श्रमिकका रूपमा आएका थिए र अहिले उनीहरू दक्ष कामदारका रूपमा कम्पनीमा कार्यरत रहेका छन् l

कम्पनीले १० वर्ष सेवा गरेका करिब १ सय जनालाई पुरस्कृत गरी सकेको छ भने कार्यस्थलमा उत्कृष्ट कार्य सम्पादन गरे बापत करिब १ हजालाई नगद र सुनसहित सम्मान गरी सकेको उक्त कम्पनीमा मार्केटिङ एक्जेक्युटिभ पदमा कार्यरत पर्वतका आनन्द जिसीले जानकारी दिएका छन् l कार्यक्रममा विभिन्न देशका उत्कृष्ट १० जना कामदारलाई जनही १ हजार कतारी रियालले सम्मानित गरिएको थियो lर उनीहरूले कम्पनीले कहिल्यै पनि क्षमताको अवमूल्यन नगरेको हुँदा आफूहरूले आय र दक्षता दुवै पाएको प्रतिक्रिया दिए l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button