पोखरा-२३ मा सडक बनाउन शुरु

पोखरा । पोखरा-२३ मा पिच बाटो बनाउन शुरु भएको छ । फेवातालको श्रोत क्षेत्रको रुपमा रहेको पोखरा–२३ को वामदीबाट मार्कीसम्मको कच्ची सडक पिच बाटो बनाउन शुरु भएको हो । योसँगै पोखराका ३३ वटै वडामा पिच बाटो बन्ने भएको छ ।

गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीको पहलमा गण्डकी प्रदेश सरकारको बजेट परेपछि पिच बाटो निर्माणको शिलान्यास गरिएको छ । कोरोनालाई कहरका कारण विकास निर्माण अबरुद्ध भएको भनिरहँदा पोखरा २३ मा भने कोरोनालाई अवसरको रुपमा बदल्ने अठोटसहित बाटोको शिलान्यास गरिएको हो । सो पिच बाटो निर्माणको प्रदेश सांसद राजीव पहारीले शिलान्यास गरे ।

लौरुक वामदी चापाकोट ग्रामिण सडक उपभोक्ता समितिमार्फत निर्माण हुने सडक ३ सय मिटरको छ । प्रदेश सरकारबाट बाटो निर्माणका लागि ४५ लाख रुपैयाँ छुट्याएपनि ३४ लाख ४७ हजार ६ सय २२ रुपैयाँमा टिबी कन्स्ट्रक्सन एण्ड भिलेजले बाटो निर्माणको ठेक्का पाएको छ । ५ मिटर चौंडाईको सो पिचमा २ सेन्टिमिटर प्रिमिस पिच गरिने ठेकेदार बिनोद भण्डारीले जानकारी दिए ।

उनका अनुसार बाटोको दक्षिणतर्फको साइडमा नाली बनाइनेछ भने नालीसँग जोडिएको माथिल्लो भागमा रिटेनिङ वाल निर्माण गरिनेछ । ४ महिना भित्रमा बाटो निर्माण गरिसक्ने गरि ठेक्का लिएपनि २ महिना भित्रै सडक निर्माण गरिसक्ने लक्ष्य लिइएको ठेकेदार भण्डारीले बताए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button