बजारमा चहलपहल देखिएपनि व्यापार छैन : व्यवसायी

पोखरा न्यूज संवाददाता । दशैं नजिकिएसँगै बजारमा चहलपहल बढेको देखिएपनि व्यापार नभएको व्यवसायीहरुले बताएका छन् ।

काठमाडौं उपत्यकाकाका मुख्य बजार क्षेत्र, न्यूरोड, महावौद्ध, इन्द्रचोक, असन, मखन टोल लगायतको क्षेत्रमा दशैं नजिकिएसँगै किनमेल गर्नेहरुको चहलपहल बढेको देखिन्छ । कोभिड १९ संक्रमणको जोखिम भएपनि मानिसहरु आवस्यक सामग्री किनमेल गर्नका लागि बजार पुग्ने गरेका छन् । जसका कारण मुख्यु मुख्य बजार क्षेत्रमा चहलपहल विस्तारै बढ्दै गएको छ ।

बजारमा मानिसहरुको आवागमन बढेको भएपनि व्यापार नभएको व्यवसायीहरुले बताएका छन् । न्यूरोड मखनटोल स्थित सुरज आर्केड व्यापार संघका महासचिव सुरेश श्रेष्ठले व्यापार नै नहुँदा कतिपय व्यापारीहरु पलायन हुने स्थितिमा पुगेको बताउनुभयो । कोभिड १९ रोकथामका लागि लामो समय लकडाउन हुँदा समेत सरकारबाट कुनै राहत नपाएको गुनासो समेत उहाँले गर्नुभयो । अहिले व्यवसाय खुल्ला भएपनि तीन÷चार दिनमा एकपटक मात्रै बोहनी हुने गरेको उहाँले बताउनुभयो ।

दशैंको बेलामा पनि व्यापार नहुँदा झनै समस्यामा परेको श्रेष्ठले बताउनुभयो ।कोभिड संक्रमणको जोखिमका कारण भिडभाड हुने बजार क्षेत्रमा नजान सरकारले आग्रह गरिरहेको छ । यस्तो समयमा अत्यावस्यक बाहेकका सामग्री खरिद गर्न मानिसहरु बजार गएको पनि देखिदैन । त्यसैले पनि लत्ताकपडा, जुत्ता, मोबाइल, गरगहना लगायतको व्यापार कम भएको व्यापारीहरुको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button