गण्डकी प्रदेशमा गोरखाका २२ सहित थपिए ३० कोरोना संक्रमित

पोखरा न्यूज । गण्डकी प्रदेशमा गोरखाका २२ सहति ३० जना कोरोना संक्रमित थपिएका छन ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखाका २२, कास्कीका ३, लमजुङ ३ र पर्वतका २ गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । सक्रमण पुष्टि हुनेहरुमा गोरखा शहिद लखनथापा गाउँपालिकाका वडा नखुलेका २ वर्षीया बालिका सहित ९ महिला र ८ वर्षीय बालक सहित ११ पुरुष, गोरखा गण्डकी ७ का २ महिला रहेका छन ।

त्यस्तै कास्कीको पोखरा महानगरपालिका वडा नं २ की १ महिला, ७ का १ पुरुष र १४ का १ पुरुष, लमजुङ सुन्दरबजार वडा नखुलेका ३ जना पुरुष, पर्वत पैंयु ५ का १ पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या ६ हजार १ सय ७३ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button