पोखरामा थपिए ९९ कोरोना संक्रमित, उपचाररत थप ८ जनाको मृत्यु

गण्डकी प्रदेशका थप १३९ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । पोखरामा ९९ सहित गण्डकी प्रदेशमा शुक्रवार थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ९९ र रुपा गाउँपालिकाक १ गरी कास्कीमा १०० सहित तनहुँका १३ जना , स्याङजाका ४ जना, पर्वतका ४ जना, लमजुङका ८ जना, गोरखाका ४ जना तथा नवलपुरका ६ जनासहित प्रदेशका ७ जिल्लाका १३९ जनामा कोरोना देखिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका वडा १ का ४ पुरुष तथा ३ महिला, २ का ५ पुरुष, ३ का १ महिला, ४ का १ पुरुष तथा २ महिला, ५ का ४ पुरुष तथा २ महिला, ६ का ४ पुरुष तथा २ महिला, ७ का ४ पुरुष तथा १ महिला, ८ का ६ पुरुष, ९ का ३ पुरुष तथा २ महिला, १० का ६ पुरुष तथा १ महिला, १२ का १ पुरुष तथा १ महिला , १३ का १ पुरुष तथा २ महिला, १४ का ३ पुरुष तथा २ महिला, १६ की १ महिला, १७ का ७ पुरुष तथा ३ महिला, १८ का १ पुरुष, १९ का २ महिला, २० का १ पुरुष, २५ का ३ पुरुष तथा १ महिला, २९ का २ महिला, ३० का १ पुरुष तथा १ महिला, ३२ का १ महिला, गण्डकी मेडिकल कलेजमा उपचाररत ६ पुरुष तथा ६ महिला र रुपा गाउँपालिकाका १ पुरुष रहेका छन् ।

त्यस्तै तनहुँ म्याग्देका १ पुरुष तथा १ महिला, तनहुँ व्यासका ७ पुरुष तथा ३ महिला, शुक्लागण्डकीका १ महिला, पर्वत कुश्माका १ पुरुष, पैँयुका २ पुरुष तथा १ महिला, स्याङजा विरुवाका २ पुरुष, भीरकोट की १ महिला, पुतलीबजारकी १ महिला, लमजुङ मस्याङ्दीका २ पुरुष तथा १ महिला,बेँसीशहरका ४ पुरुष तथा १ महिला, गोरखा जिल्ला गोरखा नगरपालिकाका ३ पुरुष, बारपाक सुलीकोटका १ पुरुष, नवलपुर देउचुलीका १ पुरुष, गैडाकोटका ३ पुरुष र कावासोतीका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ८२७ पुगेको छ । पछिल्लो २४ घन्टामा १३६ जना निको भएसँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ हजार ७४ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ६ जना र तनहुँका २ जना गरी पोखरामा उपचाररत ८ संक्रमित पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
कार्तिक २९ गते कोरोना संक्रमण पुष्टि भई गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत पोखरा-२७ का ७१ वर्षीय पुरुषको शुक्रबार बिहान १:४० बजे, कार्तिक २३ गते भर्ना भएका पोखरा–८ का ५४ वर्षीय पुरुषको शुक्रबार विहान ३:५० बजे र मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भई उपचाररत तनहुँ म्याग्दे गाउँपालिका ५१ वर्षीय पुरुषको शुक्रबार बिहान ९.३० बजे उपचारकै क्रममा निधन भएको गण्डकी स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिनुभयो ।

त्यसै गरी कार्तिक २८ गते संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत तनहुँ भिमाद ५ का ६६ वर्षीय पुरुषको शुक्रबार दिउसो २ :२० बजे, बिहीबार भर्ना भइ उपचाररत पोखरा–९ का ६८ वर्षीय पुरुषको बिहीबार राति ११.०० बजे तथा पोखरा २१ का ७५ वर्षीय पुरुषको बिहीबार राति ११:२० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्रा.डा. अर्जुन आचार्यले जानकारी दिनुभयो । निर्देशक डा.आचार्यका अनुसार शुक्रबार बिहान भर्ना भएका पोखरा–१७ का २९ वर्षीय पुरुषको शुक्रबार मध्यान्न १२:३० बजे र शुक्रबार नै भर्ना भई उपचाररत पोखरा–१३ का ५५ वर्षीय पुरुषको बिहान ४:१५ बजे उपचार कै क्रममा निधन भएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३९ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button