राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षण जारी, २७ खेलाडी सहभागी

पोखरा न्यूज संवाददाता । नेपाली राष्ट्रिय क्रिकेट टीमले दोस्रो दिनमा पनि प्रशिक्षण जारी राखेको छ ।

कोरोना भाइरसका कारण लामो समयदेखि रोकिएको राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षण आज पनि जारी रह्यो । टियुको क्रिकेट मैदानमा भइरहेको बन्द प्रशिक्षणमा २७ जना खेलाडीहरुलाई बोलाइएको छ । कप्तान ज्ञानेन्द्र मल्ल, उपप्तान दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र बसन्त रेग्मीलाई कोरोना पोजेटिभ देखिएकाले उनीहरु मैदान उत्रिएका छैनन् ।

थप ६ खेलाडी कन्ट्याक ट्रेसिङमा परेका कारण आइसोलेसनमा बसेका छन् । दोस्रो दिनको प्रशिक्षणमा रित तौतम पनि छन् । अन्य खेलाडीहरु मैदान फर्किन केही दिन समय लाग्ने देखिएको छ । कोरोना भाइर संक्रमणको जोखिमका ९ महिनापछि राष्ट्रिय टीमको बन्द प्रशिक्षण सुरु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button