जिम्बाब्बेका विदेश मन्त्रीको कोरोनाका कारण निधन

पोखरा न्यूज । जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको एक दिनपछि बुधबार उहाँको निधन भएको अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति तथा मन्त्रिपरिषद्का कार्यवाहक प्रमुख सचिव जर्ज चाराम्बाद्वारा जारी वक्तव्यका अनुसार कोरोनाकै कारणले उहाँको निधन भएको स्वास्थ्यकर्मीहरुले पुष्टि गरेका छन् ।

उहाँका पारिवारिक सदस्यले पनि कोरोनाका कारण उहाँको निधन भएको बताएको सिन्ह्वाले उल्लेख गरेको छ ।

“मेरा दाजुको कोरोनाभाइरसका कारण निधन भएको छ, उहाँलाई हिजो मात्रै कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो,” उहाँका एक भाइले बुधबार भन्नुभयो ।

जिम्बाब्बेमा कोरोनाका कारण निधन भएका मन्त्रीमध्ये उहाँ तेस्रो मन्त्री भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

जिम्बाब्बेमा पनि गत सन् २०२० को मार्चदेखि कोरोनाभाइरसको महामारी फैलिन शुरु भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button