प्रधानमन्त्री ओलीले आइतबार शिक्षण अस्पतालमा कोरोना विरुद्धको खोप लगाउने

पोखरा न्यूज संवाददाता । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड-१९ कोरोना भाइरसविरुद्धको खोप लगाउनुहुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान शिक्षण अस्पताल पुगेर कोभिड-१९ कोरोना भाइरसविरुद्धको खोप लगाउनु हुने भएको हो । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड-१९ खोप अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले कोभिड-१९ विरुद्धको खोप लगाउनुहुने बारे जानकारी दिनुभएको हो ।

त्यसैगरी आइतबार बिहान नै संवैधानिक निकायका प्रमुखहरुले पनि खोप लगाउने उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले खोप लगाएसँगै कोरोना विरुद्धको खोप लगाउने अभियानको दोस्रो चरण शुरु हुनेछ । कार्यक्रममा मन्त्री त्रिपाठीले कोभ्याक्स लगाएत दातृ निकायबाट उपलब्ध खोपलाई व्यवस्थित तरिकाले जनतासम्म लैजानेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ ।

कोभिड १९ विरुद्धको खोप अहिले सम्म उपलब्ध अन्तिम र महत्वपूर्ण औजारको रुपमा भएकाले खोप लगाउनुको विकल्प नभएको बताउनुभयो । खोपलाई जनतासमक्ष निःशुल्क पुर्याउन सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो ।आइतबार कोभिड-१९ विरुद्धको कोभ्याक्स खापको पहिलो खेप नेपाल आउने भएको छ ।

सरकारले भारत सरकारले उपलब्ध गराएको खोप र कोभ्याक्स सहायता प्राप्त खोप ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी, महाविद्यालय, विश्वविद्यालयका प्राध्यापक र सार्वजनिक यातायातका चालक र सहचालकलाई प्राथमिकतामा राखेर दोस्रो चरणमा खोप लगाउने भएको छ । सरकारले भोलिबाट ६५ वर्ष माथिका १६ लाख बढी जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम शुुरु गर्दै छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button