पोखरामा हस्पिटल अगाडि महिला मृत फेला

पोखरा न्यूज । पोखरामा  एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

पोखरा महानगरपालिका -९ नयाँ बजार स्थित जीएमसी हस्पिटल अगाडि सडक छेउमा आइतबार एक महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान १० बजे सडकको छेउमा पोखरा १८ सेदी बस्ने ३९ वर्षीय विमला वि.क. मृत भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button