नेपाली रक्तदाता सङ्घ कतारले बृहत् खुल्ला रक्तदान कार्यक्रम गर्दै

तिलु शर्मा पौडेल, दोहा कतार । नेपाली रक्तदाता सङ्घ कतारले बृहत् खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ l कतारको सरकारी अस्पताल हमदको रक्त सङ्कलन केन्द्र (Blood Donor Center) को परिसरमा आउँदो शुक्रवार बिहान ८ बजे बाट खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो l

कोरोनाका महामारीका बिच पनि रगतको अभाव भैरहने हुँदा कार्यक्रमको आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष तेज कटुवालले बताउनु भयो l कटुवालका अनुसार सङ्घ कतारको संयोजन र कतारमा स्थापित सम्पूर्ण सङ्घसंस्थाको सहभागिता रहने गरी कार्यक्रम आयोजना गरिएको हो l कोरोनाबाट सुरक्षित रहने प्रबन्ध सहित कतारमा रहेका इच्छुक नेपालीहरुलाई रक्तदानमा सहभागी हुन् कटुवालले आग्रह गर्नु भएको छ l

रक्तदानको लागि आवश्यक डकुमेन्ट तथा ध्यान दिनु पर्ने कुराहरू

क. रक्तदाताले कतारी परिचय पत्र वा ड्राइभिङ लाइसेन्स वा हेल्थ कार्ड अनिवार्य लिएर आउनु पर्ने छ ।
ख. रक्तदाता कतार प्रवेश गरेको १ महिना पुरा भएको हुनुपर्ने छ ।
ग. रक्तदाता अघिल्लो दिन कम्तीमा ६ घण्टा सुतेको हुनुपर्ने छ ।
घ. अघिल्लो पटक रक्तदान गरेको २ महिना पुरा भएको हुनुपर्ने छ ।
ङ. रक्तदाताले अघिल्लो दिन कुनै पनि मदिरा पान नगरी स्वस्थ खाना खाएको हुनुपर्ने छ ।
च. रक्तदाताको उमेर १८ देखि ६५ वर्षको बिचमा हुनु पर्नेछ , रक्तदाताको तौल कम्तीमा ५० किलो हुनुपर्ने छ ।
छ. विगतमा मलेरिया भएको भए निको भएको ६ महिना पुरा भएको हुनुपर्ने छ ।
ज. कोभिड -१९ कोरोना सङ्क्रमणबाट निको भएको कम्तीमा ३ महिना पुरा हुनुपर्ने छ ।
झ. रक्तचाप तथा अन्य मापदण्ड रक्त सङ्कलन टोलीले निर्धारण गरे बमोजिम हुने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button