नेपाल मगर सङ्घ कतार शाखामा विवेक निर्विरोध

तिलु शर्मा पौडेल, दोहा कतार । “मगरात भूमि हाम्रो पौरख मगर इतिहास हाम्रो गौरव” भन्ने मूल नाराका साथ नेपाल मगर सङ्घ, शाखा कतारको “१४औं महाधिवेशन तथा २१ औं वार्षिकोत्सव कार्यक्रममा जुम भर्चुअल मार्फत सम्पन्न भएको छ।

सङ्घका अध्यक्ष विजय कुमार मगरको सभापतित्वमा तथा सङ्घका, केन्द्रीय समितिका महासचिव ज्ञानेन्द्र पुन मगरको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

खुल्ला सत्रको आरम्भ दीप प्रज्वलन, ब्यानर अनावरण, राष्ट्रिय गान, प्रथम सहिद क्या.लखन थापा मगर साथै अन्य ज्ञात अज्ञात सहिदहरू प्रति एक मिनेट मौन धारण सहित बढेको कार्यक्रमलाई सङ्घ शाखा कतारका प्रथम उपाध्यक्ष अभिमत पुन मगरले स्वागत मन्तव्य राख्नु भएको थियो l सङ्घको संगठनिक प्रतिवेदन सङ्गठन सचिव केशव राना मगर, कार्य प्रगति प्रतिवेदन महासचिव विवेक पुलामी मगर, वैदेशिक विभाग प्रतिवेदन विदेश विभाग संयोजक अभिमत पुन मगर र आर्थिक प्रतिवेदन कोषाध्यक्ष हिम बहादुर थापा मगरले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा उपस्थित विभिन्न सङ्घ संस्थाका प्रतिनिधि तथा संस्था प्रमुखहरूले आफ्नो मन्तव्यको क्रममा महाधिवेशन सफलताको शुभकामना ज्ञापन गर्दै मगर सङ्घले गर्ने हरेक कार्यहरू उत्कृष्ट रहने गरेको बताउनु भएकाे थियाे l  कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुन मगरले नेपालको वर्तमान अवस्था तथा मगरहरूको बारेमा जानकारी दिँदै मौजुदा कार्यसमितिलाई सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गरेकोमा धन्यवाद दिँदै नयाँ चयन हुने कार्यसमितिलाई अग्रिम बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो। महासचिव पुलामी मगरले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति मगरले कार्यक्रममा उपस्थित, महाधिवेशन सफल बनाउन सहयोग गर्ने र आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद दिँदै खुल्ला सत्रको समापन गर्नु भएको थियो l

बन्द सत्रसँगै विवेक पुलामी मगरको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको घोषणा निर्वाचन समितिका संयोजक रमेश कनौजे मगरले गर्नु भएको थियो l नव निर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्ष केशव राना मगर, द्धीतीय उपाध्यक्ष हिम थापा मगर, महिला उपाध्यक्ष देवी कुमारी मगर, महासचिव लोक बहादुर सिन्जाली मगर, सचिव तिल विक्रम मगर, सङ्गठन सचिव समीर थापा मगर, कोषाध्यक्ष रेसम आले मगर, सह कोषाध्यक्ष कुमार राहदी मगर, सदस्यहरू दीपक इक्चाइ मगर, दिल बहादुर रोका मगर, लक्ष्मी घर्ती मगर, जानू कुमारी मगर, कृष्ण सोराली मगर, भक्त ढेगा मगर, पूर्ण थापा मगर, ध्रुव थापा मगर, रुक माया आले मगर ,दुर्गा थापा मगर, चेत ब.थापा मगर ,कमल मगर, मन प्रसाद राना मगर, धन ब.थापा मगर, पाण्डव थापा मगर रहनु भएको छ l निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक रमेश कनौजे मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button