
गणेश बराल ,
पोखरान्युजडटकम –
काठमाण्डौको माछापोखरी नेपालटारमा भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । बम निक्रिय पारेपछि अहिले त्यस क्षेत्रमा यातायात सुचारु भएको छ भने स्थानीयबसी आवतजावत गर्न थालेका छन ।
स्थानीय किशोर श्रेष्ठका अनुसार एक भूपू शैनिकले शंख आकारको बस्तु बालाजु वाइपास नजिकै तरुण मा. वि. जाने बाटोमा देखेपछी बम भएको आशंकामा प्रहरीलाई खबर गरेका थिए । तत्पश्चात घटना स्थलमा नेपाल प्रहरी र नेपाली सेना बम डिस्पोजल टोलिको साथमा पुगेका थिए । बम भेटिएको भन्ने हल्लाले स्थानीयबासी त्रसित बनेका थिए ।

बम भेटिएको केहि बेरमै नेपाल प्रहरी तथा सेनाले उक्त स्थान वरपर सर्वसाधारणलाइ जान बाट रोक लगाएको थियो भने उक्त स्थान भएर गुड्ने सवारीसाधनलाइ अन्यत्रै मोडिको थियो ।






