पोखरा –
पोखराको प्रसिद्ध शक्तिपीठ तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमा मेला लागेको छ । हरेक वर्ष कोजाग्रत पुर्णिमाको दिन पोखराको प्रसिद्ध धार्मिक एवं मुख्य पर्यटकीय स्थल मानिने यो मन्दिरमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ ।
दर्शनार्थीहरुले जमरा सेलाउने देखि ताल बराही मन्दीरमा दर्शन गर्दा मनोकाक्षा पुरा हुने धार्मिक विश्वासले मन्दीरमा दर्शन गर्न विहान ४ बजे देखिनै भिड हुने गर्दछ । मन्दीरमा दर्शनार्थी सहित पर्यटकहरुलाई लैजान शनिबार विहान देखि डुंगा व्यावसायीहरुलाई भ्याई नभ्याई भएको डुंगा व्यवसायी पृतम कुंवरले बताए ।

फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धि बहादुर नेपालीले यस बर्ष ताल वराही मन्दीरमा जाने दर्शनार्थीहरुको लागि मध्यनजर गर्दै आवश्यक पर्ने डुंगाको व्यबस्था मिलाएको बताए । उनका अनुसार आज ३ सय ५६ वटा डुंगा तयारी अबस्थामा राखिएको बताए । आफुहरुले दर्शनार्थीहरु सबैलाई लाइफ ज्याकेटको समेत व्यबस्था समेत गरेको नेपालीले बताए ।
मन्दिर जाने ताल बाराही घाटमा लत्ताकपडा , फलफूल, घरायसी प्रयोगका सामग्री, खेलौना, खाद्यपदार्थ आदिको मेला समेत लागेको छ
कोजाग्रत पूर्णिमाको अवसरमा पोखरा क्षेत्रमा रहेको अन्य देबिदेवताका मन्दीरहरुमा यस बर्ष पनि दर्शनार्थीहरुको उतिकै भिडभाड रहेको छ ।





