अध्ययनका लागि पुस्तक छनोट गर्ने टिप्स

पुस्तक छनोट गर्न नजान्दा पछुताउन पर्न सक्छ

राजाराम पौडेल । पुस्तकलाई माया गर्न जानियो भने एक्लो महशुस हुनुपर्दैन । पुस्तक पढ्नु भनेको आफूलाई फराकिलो पार्दै लैजानु हो । आफू फराकिलो भएपछि सिकाइमा, बुझाइमा, हेराइमा र आफूले गर्ने व्यवहारमा परिवर्तन हुन्छ । जति ज्ञान हासिल ग-यो उत्ति अज्ञानता हट्दै जान्छ ।

पुस्तकले समाज र परिवेशलाई नयाँ दृष्टीकोणबाट हेर्न र बुझ्न सहयोग गर्छ । सोही कारण पुस्तक धेरैको साथी बन्ने गर्दछ । यसको सही पुस्तक छनोट गर्न भने जान्नुपर्छ । कहिलेकाही पुस्तक छनोट गर्न नजान्दा पछुताउनुपर्छ । समयको बर्बाद हुन्छ । सोही कारण पुस्तकप्रेमीले पुस्तक छनोट गर्दा विचार पु-याउनुपर्छ । यहाँ हामीले केही पुस्तकप्रेमीका पुस्तक छनोट अनुभवलाई पस्केका छौँ । जुन तपाईका लागि पुस्तक छनोट गर्नको लागि टिप्स बन्न सक्छ ।

पोखरेली युवा साँस्कृतिक परिवारका पूर्व अध्यक्ष दीपक समिप पाठकले पुस्तक छनोट गर्नू अगाडि आफ्नो रुचिको विषयवस्तु के हो पाठकले एकिन गर्नुपर्ने तर्क गर्नुृहुन्छ ।

सर्वप्रथमतः आफ्नो रुचिको विषयवस्तु के हो पाठकले निक्र्याेल गर्नु पर्दछ र सोही अनुसारको पुस्तक छनौट गरि पढ्नु पर्दछ । हल्लाको भरमा पढ्दा पाठकको समय र पैसा दुवै नास हुन्छ । राम्रो पुस्तकको बारे साथीभाइले पनि जानकारी दिन सक्छन् । त्यसबाट नि केही हदसम्म पुस्तक छनौटमा सहजता होला । फेरि पाठकको क्षमता अनुसार पुस्तक राम्रो नराम्रो लाग्ने हुन्छ । कसैलाई राम्रो लागेको पुस्तक अर्कोलाई राम्रो नलाग्न सक्छ । कसैलाई एकदमै मन परेको पुस्तक अर्कोलाई ठिकै मात्र पनि लाग्ला । यी कुराहरु पाठकको रुचि र क्षमता अनुसार फरक पर्ने कुराहरु हुन् । वास्तवमा पुस्तक छनौट गर्ने तरिका झट्ट भन्नू पर्दा गाह्रो छ । नपढिकन कुनै पनि पुस्तकको बारे धारणा बनाउन गाह्रो हुन्छ । र फेरि त्यो धारणा सबैकोलागि उपयुुक्त हुन्छ भन्न नसकिने उहाँको तर्क छ ।

साहित्यकार सुरज उपाध्याय विज्ञापनका आधारमा पुस्तक छनोट गर्न नहुने बताउनुहुन्छ ।

कुनै पनि पाठकले आफ्नो रुचि अनुसार पुस्तक छनौट गर्न सक्छन् । अचेलको युग बिज्ञापनको युग भएको छ । केही ठुला प्रकाशन गृहहरुले विज्ञापन जति गर्छन् त्यति कमसल पुस्तकहरु बजारमा ल्याएका छन् । पुस्तक छनौट गर्दा बजारमा आउने बित्तिकै बिज्ञापनकै आधारमा पुस्तक छनौट गर्नु उपयुक्त हुँदैन ।

राम्रो पुस्तक पछिसम्म चर्चामा हुन्छ । कुनै पुस्तक बजारमा आउने बित्तिकै किन्नु भन्दा पाँच छ महिना पछि किन्नु उपयुक्त हुन्छ । पढ्ने तरिका त आफ्नो आफ्नो हुन्छ नै । कसरी पढ्दा आफ्नो दिमागमा घुस्छ त्यसरी नै पढ्नु ठिक हुन्छ । उहाँले भन्नुभयो

-यान्डम रिडर्स सोसाइटी अफ नेपालको अध्यक्ष केशवशरण लामिछाने साथीहरुको कुरा सुनेर पुस्तक छनोट गर्ने आफ्नो बानी भएको सुनाउनुहुन्छ ।

म त साथीहरुको कुरा सुनेर छनोट गर्छु । पुस्तक वार्ताहरु पढेर पनि आइडिया लिन्छु । विश्वसनीय समीक्षकको समीक्षालाई पनि आधार मान्छु । राम्रा लेखकहरु, विद्वानहरुले लिने किताब र लेखकहरुको सूचीले पनि छनोटलाई सजिलो बनाउँछ । लामिछानेले सुनाउनुभयो ।

प्रकाशोन्मुख उपन्यास चक्रधुमका लेखक रेशम गिरी बजारमा चर्चामा रहेका पुरस्कार पाइसकेका पुस्तक आफ्नो छनोटमा पर्ने गरेको बताउनुहुन्छ ।
पुस्तक छनौट गर्न सजिलो छैन । बजारमा विभिन्न प्रकारका पुस्तकहरू आउने गर्छन । सबै पुस्तक पढ्नै पर्ने खालका हुदैनन् । बजारमा चर्चामा आइसकेका र पुरस्कार पाईसकेका पुस्तकहरू मैले अध्ययनका लागि छनौट गर्ने गर्छु । गिरीले भन्नुभयो ।

गीतकार एवं कवि दुर्गाबहादुर शाह बाबा के सिक्न तथा जान्न मन छ सोही अनुसार पुस्तक छनोट गर्नुपर्ने बताउनुहुन्छ ।

पुस्तक छनौट गर्दा पहिला आफ्नो रुचि के मा छ, के जान्न, सिक्न मन छ त्यस्ता पुस्तक छनौट गर्न सकिन्छ । पढ्दा बिहानीको समय चराचुरुङ्गीहरुको चिरबिर संगै पढ्दा आनन्द लाग्ने हुन्छ । सर्वप्रथम पढ्न बस्दा आफूलाई सहज वातावरण भएको हुनुपर्ने उहाँको अनुभव छ ।
पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष मोती भुजेल पुस्तकका केही पेज पढेर मन परेमा किन्न सकिने अवस्था अहिले रहेको सुनाउनुहुन्छ ।
पुस्तक छनोट गर्न पहिला जस्तो गाह्रो छैन । अहिले पुस्तक पसलमा गएर केहि पेज पढेर मन परेमा मात्रै किन्न पनि सकिन्छ । तर १७, १८ वर्ष पहिला मैले किताब किन्दा को कुरा किताब छान्नै न पाउने । जुन हे¥यो त्यो नै लिनुपर्ने नत्र पसले रिसाउथे । अहिले त्यस्तो छैन । उहाँले भन्नुभयो ।

रंगकर्मी चे शंकर रुचि अनुसारका पुस्तकका जनरा उपलब्ध भएकोले पाठकले सोही अनुसार पुस्तक छनोट गर्न सक्ने बताउनुहुन्छ ।

हामी सबैको विगत छ, हामी बाँचेको समाज र रिचुवल्सहरु फरक–फरक छन् । यो आधारमा हाम्रो रुची फरक–फरक हुन्छन् । रुची अनुसार पुस्तकको पनि जनरा छ । एकजनाले सबै जनराको पुस्तक मन पराउन पनि सक्छ, जस्तो कि म । यो आधारमा हामीले पुस्तक छान्न सक्छौ । कसैलाई पुस्तक पढ भन्दा आफूलाई मनपरेको कुराको भारि बोकाउनु भन्दा सो मान्छेको रुची र सोचाइ बुझेर पुस्तक रिफर गर्दा हुन्छ जस्तो लाग्छ । यसो गर्दा सालिन पाठकको विकास हुन्छ कि । उहाँले भन्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button