लाञ्छनाले आत्महत्याकाे मुखमा, परामर्शले बाँचेको जीवन

पाेखरा न्यूज । बागलुङ नगरपालिकाकी २८ वर्षीया लक्ष्मी (नाम परिवर्तन) का श्रीमान दुई वर्षदेखि वैदेशिक रोजगारीमा हुनुहुन्छ । लक्ष्मी छोराछोरीसहित घरगृहस्ती सम्हालेर बस्नुभयाे ।

२०७६ मा श्रीमान बहराइन गएपछि घरमा सुखदुःख गरेर बस्दै आउनु भएकी उहाँलाई कहिले देवरले घरको काममा सघाउँथे ।

तर आफ्नो श्रीमानसँग सम्बन्ध बनाएको आरोप लक्ष्मीकी देउरानीले उहाँमाथि लगाइन् । देवर भाउजुबीच नराम्रो सम्बन्ध भएको आरोपसहित उनले परिवारका सदस्यसम्म पुर्‍याइन् ।

विदेशमा रहेका लक्ष्मीका श्रीमानलाई समेत यो खबर बताइदिने भनेर धम्की आउन थाल्यो । जसकारण लक्ष्मीमा त्रासमा भयो, मानसिक रूपमा पनि कमजोर बन्दै जानुभयाे। परदेशमा हुनुभएका श्रीमानसँग सम्बन्ध बिग्रने चिन्ताले उहाँलाई पिरोल्न थाल्यो ।

लक्ष्मीलाई दिनप्रतिदिन मानसिक तनाव बढ्दै गयो । एकातिर घर व्यवहार, बालबच्चाको स्याहारसुसार, रेखदेख, मेलापातको बोझ अर्काे तर्फ परिवारका सदस्य र देउरानीको गाली र लाञ्छना ।

परिवारकै सदस्य कुरा काट्ने नानाथरी आरोप लगाउने, श्रीमान घर नभएको हुँदा अश्लील शब्द प्रयोग गरेर गाली गर्ने तथा कहिले काँही त भौतिक आक्रमणकोेसमेत धम्की र प्रयास हुन थालेपछि उहाँ मानसिक रूपमा बिछिप्त हुनुभयाे ।

मनमनै पिर चिन्ताले पिरोल्ने, घरको काम गर्न मन नलाग्ने, छोराछोरीको पनि मतलब नलाग्ने समस्या देखिन थाल्यो ।

परिवार र श्रीमानको व्यवहारबाट बिछिप्त लक्ष्मीमा खाना मन नलाग्ने, मन खिन्न भैरहने जस्ता समस्या देखियो ।

मानसिक तनाब बढ्दै गएपछि उनले धेरै पटक आत्महत्या र परिवारका सदस्यको हत्या गर्नेसम्मको योजना बनाइन् ।

देवरका परिवार सबैलाई मारेर मात्रा आफू पनि मर्ने योजना लक्ष्मीले बनाउनु भयाे । त्यसका लागि उहाँले मुसा मार्न प्रयोग गर्ने विषको व्यवस्थापनसमेत गर्नुभएकाे थियाे । संयोगवस उहाँसँग मनोसामाजिक परामर्शको भेट भयो ।

भेटपछि सबै घटना क्रम रोकियो । देवरको परिवार र स्वयं लक्ष्मीको जीवन रक्षा भएको छ ।

पटुकीमा डोरी लिएर मृत्युको बाटोमा हिँड्दै गरेको अवस्थामा उहाँलाई मनोसामाजिक परामर्शकर्ता मधु पौडेलले भेट्नुभएकाे हाे। पहिलो भेटले तत्काल मृत्यको घटना रोक्यो । अवस्था अति नै जटिल भएको हुँदा उहाँलाई सामान्य जीवनमा फर्काउन एघारौँ पटकसम्म भेट गर्नुपरेको सुरक्षित आप्रवासन परियोजना (सामी) मा कार्यरत मनोसामाजिक परामर्शकर्ता पौडेलको भनाइ छ ।

विकमा डिप्रेशन, चिन्ताका लक्षण देखिएकाले धौलागिरि अस्पतालमा लगेर मनोचिकित्ससँग परामर्श गरेर उपचार गरिएको थियो । ‘मैले मृत्युबाहेक अन्य विकल्प देखेको थिएन,’ लक्ष्मीले भन्नुभयाे, ‘परामर्श पछि आफैलाई सम्हाल्ने विधि सिके, श्रीमान र छोराछोरीसँगको सम्बन्ध बलियो भएको छ ।’

मनोपरामर्श पछि पुनःजीवन प्राप्त गरेको विकको भनाइ छ ।

निःशुल्क कानुनी सहायता र औषधि उपचार गर्न ओसिएमसीसँग समन्वय गरेको सामी परियोजना बागलुङका संयोजक मीनप्रसाद उपाध्या जानकारी दिनुभयाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button